फिदिम । फिदिम नगरपालिका ४ जोरसालबाट केहि मिटरको दुरीमा एक बृद्धको हत्या भएको छ । ८० बर्षीय टेक बहादुर लिम्बुको हत्या भएको हो । टेकबहादुरको धारीलो हतियार प्रहार गरि हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ । हत्या भएको घरमा बिरामी श्रीमती र टेकबहादुर मात्र बस्ने गरेका थिए । टेकबहादुरकाे हत्या उनकै घरमा भएकाे हाे । हत्या गए राती भएकाे हाे ।
प्रहरीले घटनास्थल पुणर्रुपमा शिल गरेर अनुसन्धान गरिरहेको छ । टेकबहादुरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएका छन् । राति सुतेको अवस्थामा टेकबहादुरको हत्या भएको हो । घटनाबारे थप अनुसन्धान घरानबाट कुकुर झिकाइएको छ । टेकबहादुरको श्रीमती बोल्न नसक्ने भए पछि अनुसन्धानमा केहि समस्या भएको अनुसन्धानमा संलग्न प्रहरी बताउछन् । घटनाको थप अनुसन्धानको लागी टेक बहादुरको आफन्तलाई पनि बोलाइएको प्रहरीले बताएको छ ।
टेकबहादुरको घरमा उनकी ८४ बर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे । टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन् उनले केहि दिन अगाडी मात्र पेन्सन निकासा गरेको उनलाई चिन्नेहरु बताउछन् । ८४ बर्षीया श्रीमती कालिमाया शारीरीकरुपमा अशक्त रहेकी छिन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।