पाँचथर– आर्थिक बर्ष २०७९÷८० को कार्यसम्पादका आधारमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट तुम्बेवा गाँउपालीका भएको छ । स्वास्थ्य संस्था तर्फ प्रथम स्वास्थ्य चौकि थर्पु र उत्कृष्ट खोप कार्यकर्ता थर्पुकै नरेश काम्बाङ घोषित भएका छन् ।
स्वास्थ्य कार्यालय पाँचथरले उत्कृष्ट छनौट गरेको हो । खोप कार्यक्रमका विभिन्न सूचकका आधारमा उत्कृष्ट छनौट गरिएको कार्यालयका प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिए ।
स्थानिय तहका स्वास्थ्य संयोजक सहितको जिल्ला खोप समन्वय समितिको बैठकमा नतिजा घोषणा गरिएको हो । खोप सञ्चालनका आधारमा उत्कृष्ट छनौट गरिएको हो । हिलिहाङ गाँउपालिका दोश्रो भएको छ । उत्कृष्ट स्वास्थ्य संस्थामा क्रमशः दोश्रो देखि दशस्थानसम्म भारपा, प्राङबुङ, लालिखर्क, यासोक, मौवा, पौवासारताप र खादु्रङ रहेका छन् । यस्तै खोप कार्यकर्ता दोश्रो देखि दश स्थानसम्म क्रमशः उर्मिला लक्सम, कल्पना नेम्बाङ, यसोदा लिङदेन, रवि प्रसाद आचार्य, लक्ष्मि अधिकारी, बालकृष्ण दाहाल र सिर्जना राई घोषित भएका छन् ।
स्वास्थ्यमा उत्कृष्ट तुम्बेवा, स्वास्थ्य संस्था थर्पु
स्वास्थ्यमा उत्कृष्ट तुम्बेवा, स्वास्थ्य संस्था थर्पु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस