आरुबोटे (पाँचथर)– विहिबार राती मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा रहेको ससुरालीमा ३५ बर्षिय असफल भनिने नरध्वज कुरुम्बाङले श्रीमती गोम फियाकको हत्या गरे भने खुकुरी प्रहारबाट सासु र छिमेकीलाई घाईते बनाए ।
जंगलको छेउमा रहेको घरमा हत्याको घटनाले रातीनै निक्कै त्रासदि फैलायो । केटाले विगतमा पनि गाँउमा धम्क्याउने, थर्कोउने घटना घटाएकाले पक्राउ नपरिञ्जेल आसपासका क्षेत्रका बासिन्दा त्रसिद थिए ।
यो घटनाले सोहि ठाँउमा २०७६ सालमा जेठ–६ गते राती नौँ जनाको हत्या भएको त्रासदिपूर्ण घटनालाई सम्झाईदिएको छ । त्यो बेला भएको नरसंहार र अहिलेको घटनाको प्रकृति उस्तै छ ।
पारिवारिक बेमेलले गर्दा दुबै घटना ससुरालीमा ज्वाँईले घटाएका छन् । उस्तै प्रकतिको घटना पुनः घटेपछि यो क्षेत्रका बासिन्दा चिन्तित छन् ।
पछिल्लो घटना पारिवारीक किचलोका कारण उत्पन्न भएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक दिवस कुँवर बताउँछन् । अभियुक्त पक्राउ नपरुञ्जेल आसपासका विभिन्न गाँउका बासिन्दा आतङ्कीत थिए । प्रहरीले हत्याका अभियुक्त कुरुम्बाङ आफ्नै गाँउ नजिकै पक्राउ गरेको छ ।
यस प्रकारका घटनाले आरुबोटेबासिमा एककिसिमको आतङ्क देखिन्छ । बाहिरका मानिसहरु आरुबोटे भन्दा डराउने अवस्था आएको स्थानिय बताउँछन् । ‘केहि बर्षमानै अर्को हत्याको घटना भयो । यसले समाजमा नकारात्मक असर परेको छ भने वाहिरबाट हेर्ने धारणापनि राम्रो नहुने रहेछ’ वार्ड अध्यक्ष जिवन फियाकले भने ‘मानसिक रुपमा पनि असर परेको छ । पारिवारिक खटपटका कारण भईरहेका घटना न्यूनिकरणका लागि के गर्न सकिन्छ सोचिरहेका छौँ ।’
कुरुम्बाङसँग ६ बर्ष अघि गोमाले प्रेम विवाह गरेकी थिईन् । उनीहरुको चार बर्षिय छोरा रहेका छन् । श्रीमानले कुटपिट गर्ने गरेपछि एकबर्ष यता माईतमा थिईन् । एकपल्ट सम्झाएर पठाएपनि गोम केहिदिनपनि बस्न नसकेर माईत फर्किएकी स्थानियले बताए ।
मिक्लाजुङ गाँउपालीकाको केन्द्र रवि बजारमा नागरिकता बनाउन जाने भनेर कुुरुम्बाङ आएका थिए । कुरुम्बाङ आएको खवर पाएर गोमा भागेकी थिईन् । बुवाले मिल्ने वा सम्बन्ध बिच्छेद गर्ने टुङ्गो लगाउने भनेर छोरीलाई घरमा बोलाएका थिए । भलाद्मीहरु पनि भेला भएका थिए । सामान्य छलफल चल्दै गर्दा कुरुम्बाङले खुकुरी प्रहार गरेको खुल्न आएको छ । सासु कान्छीमाया र भलाद्मी आएका मेहन्द्र श्रेष्ठ घाईते भए । अरु भलाद्मीहरु पनि आउने क्रममा थिए । खुकुरीको बिड नखुस्किएको भए अझै ठुलो दुर्घटना हुन सक्ने घटना स्थालमा भेटिएका आफन्त, छिमेकी तथा प्रहरीको अनुमान थियो ।
२०७६ साल जेठ–६ गते रातीपनि उस्तै घटना घटेको थियो । घरेलु हतियार प्रहार गरी नौँ जनाको हत्या भएको त्रासदियुक्त संनसनी पूर्ण घटना आरुबोटेमा भएको थियो । घटना भएको आसपासको बाटो अझैपनि एक्लै हिड्न डराउने गरेको स्थानिय बताउँछन् ।
हत्याका आरोपि मनबहादुर माखिमले काण्ड घटाएपछि आत्माहत्या गरेका थिए । मनकुमारी फियाक र माखिमबचिको बैवाहिक सम्बन्ध राम्रो हुन सकेको थिएन् । केहि पटक मिलाउने प्रयास अफसफल भएको थियो । मनकुमारी माईतमानै बस्थिन ।
मनबहादुर ले ससुराली घरमा ४ जना र साडुदाईको घरमा पाँच जनाको हत्या गरेका थिए ।
नौँ जनाको हत्या काण्ड विर्सन खोज्दै गर्दा फेरी उस्तै प्रकृतिको घटना भएको छ । ‘पहिला त यस्तो थिएन, ज्वाँइले पो घटना घटाए’ घटना स्थलमा भेटिएका ७१ बर्षिय सिहप्रसाद फियाकले भने ‘हाम्रो गाँउमा खोई के दशा लाग्दै छ को नी ।’
घटनाहरुले मानसकि रुपमा असर परेको स्थानियहरु बताउँछन् । ‘घर आरुबोटे भन्दा मान्छे मारेको ठाँउ भन्ने गर्थे, फेरी घटना थपियो । मानसिक रुपमा ठुलो असर परेको छ । केटाकेटिलाई पनि असर परेको छ’ स्थानिय श्याम कुमारी लावतीले भनिन् ‘बसाई जानु भने गाँउनै कहाँ जानु
?’
केहि बर्षको अन्तरालमा भएको घटनाले आरुबोटेमा त्रास र चिन्ता देखिन्छ । घटना भएको घरमा भेटिएका अधिकाशले त्रास, चिन्ता व्यक्त गर्थे । पारिवारिक बेमेलका घटनालाई छिटो समाधान गर्ने तर्फ ध्यान कसरी दिने भन्ने बिषयमा चिन्तीत भएको पाईन्छ ।
आरुबोटेले भोगेको त्रासदिपूर्ण आतङ्क
आरुबोटेले भोगेको त्रासदिपूर्ण आतङ्क
![](https://www.kenjokhabar.com/wp-content/uploads/2024/01/arubote.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस