काठमाण्डाे । सन् १९१६ मा नेपालमा पहिलोपटक टेलिफोन लाइन स्थापना भएको १९ वर्षपछि अर्थात् सन् १९३५ सालमा तत्कालीन राजदरबारले बल्ल टेलिफोनको लाइन पायो ।
दरबारमा २५ लाइन क्षमताको अटोमेटिक एक्सचेन्ज स्थापना भएपछि दरबारले त फोन प्रयोग गर्न पायो तर सर्वसाधारणले पाएनन् ।
सन् १९५५ मा सरकारले सर्वसाधारणका लागि टेलिफोन लाइन वितरण सुरु गर्यो । नेपालमा टेलिफोन स्थापनाको ६४ वर्षको इतिहासले भन्छ– इन्टरनेट प्रविधिको विकासमा सबैभन्दा चाँडो विकास भने नेपालको टेलिफोन क्षेत्रले गर्यो ।
नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, यूटीएलजस्ता टेलिफोन सेवा प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन् ।
यहाँ हामीले नेपाल टेलिकमले हालसम्म कस्ता सेवा दिएको छ ? सेवा कसरी प्रयोग गर्ने र नेपालमा टेलिफोन लाइनको इतिहास कस्तो छ भन्ने जानकारी प्रस्तुत गरेका छौं । यी सामग्री नेपाल टेलिकमको आधिकारिक वेबसाइट र टेलिकममा कार्यरत कर्मचारीको सहयोगमा तयार पारेका छौं ।
कसरी लिने टेलिकमको सेवा
- मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस् ।
- आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस् ।
- कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस् ।
- कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस् ।
- कल वैटिङ सेवा सुचारु गर्न *43# डायल गर्नुहोस्, क्यान्सिल गर्न #43# डायल गर्नुहोस् ।
- मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस् ।
- अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस् ।
- प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस्
- आफ्नो पोस्टपेड मोबाइल तथा ल्यान्डलाइन टेलिफोनको मासिक बिल, बाँकी रकम, अग्रिम रकम आदि हेर्न www. http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस्, ल्यान्डलाइनका लागि AC Number (मासिक महसुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलका लागि PUK नम्बर राखेर हेर्न सकिन्छ
- आफ्नो मोबाइल नम्बरको सेक्युरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस् ।
- पोस्टपेड मोबाइलमा ISD सुविधा थप्न #331*0000#डायल गर्नुहोस्, सुविधा हटाउन *331*0000# डायल गर्नुहोस् ।
- डाटा प्याक तथा भ्वाइस प्याकसम्बन्धी नयाँ नयाँ अफर थाहा पाउन *1415# डायल गर्नुहोस् ।
- बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस् ।
- मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस् र प्राप्त निर्देशनअनुसार गर्नुहोस् ।
- नमस्ते CREDIT सेवा सुचारु गर्न- आफैं हुन्छ
- नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस् ।
- मिस्डकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस् या sub mca लेखेर १४०० मा sms गर्नुहोस्, सेवा बन्द गर्न unsub mca लेखेर sms गर्नुहोस् ।
- नेपाल टेलिकमको नम्बर इनक्वायरी सेवाका लागि १९७ मा फोन गर्नुहोस् ।
- नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाका लागि १४९८ मा फोन गर्नुहोस् ।
- ल्यान्डलाइन टेलिफोन मर्मतका लागि १९८ मा फोन गर्नुहोस् ।
- नेपाल टेलिकमको विविध सेवाबारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकी डाटा जानकारी लिन NEPAL TELECOM (नेपाल टेलिकमको अफिसियल एप्लिकेसन) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस् ।
- मोबाइलमा टेलिभिजन हेर्न WOWTIMES एप्लिकेसन डाउनलोड गर्नुहोस् ।
यस्तो छ विकास क्रम
१९१६ काठमाडौंमा पहिलो टेलिफोन लाइनको स्थापना
१९१६ काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपन वायर ट्रंकको स्थापना
१९३५ दरबारमा २५ लाइन क्षमताको Automatic Exchange को जडान
१९३६ काठमाडौंदेखि धनकुटासम्म ओपन वायर ट्रंक लाइनको स्थापना
१९५० टेलिग्राम सेवाको स्थापना
१९५० High Frequency Radio प्रणालीको सुरुवात
१९५० काठमाडौंमा १०० लाइनको Cross Bar Exchange को स्थापना
१९५१ काठमाडौंदेखि पाल्पासम्म ओपन वायर ट्रंक लाइनको स्थापना
१९५५ सर्वसाधारणको लागि पहिलो ३०० लाइनको Cross Bar Exchange को स्थापना
१९५५ सर्वसाधारण नेपालीलाई टेलिफोन लाइन वितरण
१९६३ काठमाडौंमा पहिलो १००० लाइनको Automatic Exchange को स्थापना
१९६४ HF Radio Service द्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको सुरुवात
१९७१ टेलेक्स सेवाको सुरुवात
१९७४ अन्तरदेशीय ट्रंक सेवाका लागि Microwave Transmission Link को स्थापना
१९८२ अन्तर्राष्ट्रिय सर्किटका लागि “B” Type भूउपग्रह केन्द्रको स्थापना
१९८२ SPC टेलेक्स एक्सचेन्जको स्थापना
१९८३ डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना
१९८४ अन्तर्देशीय ट्रंक सेवा (STD) को सुरुवात
१९८४ ग्रामीण दूरसञ्चार सेवाको सुरुवात
१९८७ अन्तर्राष्ट्रिय ट्रंक सेवा (ISD) को सुरूवात
१९९५ Optical Fiber Network को जडान
१९९६ सबै ट्रान्समिसन लिंकलाई डिजिटल ट्रान्समिसन लिंकमा परिवर्तन
१९९६ भिस्याट सेवाको सुरूवात
१९९६ सम्पूर्ण टेलिफोन नेटवर्क स्वचालित गरिएको
१९९६ आफ्नै अन्तर्राष्ट्रिय गेटवे एक्सचेन्जको स्थापना
१९९७ DOT India सँग अप्टिकल फाइबरद्वारा डिजिटल लिंकको स्थापना
१९९८ बंगलादेशसँग सिधा लिंकको स्थापना
१९९९ जीएसएम मोबाइल सेवाको सुरूवात
२००० SDH Microwave Radio को कार्यान्वयन
२००० इन्टरनेट सेवाको सुरूवात
२००१ पे फोन सेवाको सुरूवात
२००१ GSM मोबाइलमा International Roaming सेवाको सुरूवात
२००२ पूर्व–पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिच्छाउने कार्यको सुरूवात
२००३ GSM प्रिपेड सेवाको सुरूवात
२००४ नेपाल दूरसञ्चार संस्थान कम्पनी (नेपाल टेलिकम)मा परिवर्तन
२००४ प्रिपेड कलिङ कार्ड (इजिकल) को सुरूवात
२००४ IVR सेवा १६०० मार्फत एसएलसी नतिजा प्रकाशन कार्यको सुरूवात
२००५ एडभान्स फ्रि फोन (Toll Free) सेवाको सुरूवात
२००५ CDMA सेवाको सुरूवात
२००५ एक्सेस नेटवर्क सेवाको सुरूवात
२००५ टेलिफोन सोधपुछ सेवा (१९७) प्राइभेट कम्पनीमार्फत सञ्चालन गराउन थालिएको
२००६ PSTN क्रेडिट लिमिट सेवाको सुरूवात
२००६ होम कन्ट्री डाइरेक्ट (HCD- Nepal Direct) सेवाको सुरूवात
२००६ IVR सेवा १९८ मार्फत काठमाडौंमा टेलिफोन फल्ट दर्ताको सुरूवात
२००६ IVR सेवा १६०१ मार्फत दश जोड दुईको परीक्षा नतिजा प्रकाशनको सुरूवात
२००६ काठमाडौं उपत्यकामा CDMA सेवाको सुरूवात
२००६ PSTN भ्वाइस मेल सेवाको सुरूवात
२००७ नेपाल–भारत अप्टिकल लिंकद्वारा इन्टरनेट ब्याण्डविथ वृद्धि
२००७ CDMA Skyphone मा अन्तरदेशीय रोमिङ सेवाको सुरूवात
२००७ IVR सेवा १६०६ मार्फत PSTN टेलिफोन सेवाको बिल रकमको जानकारी लिने सेवाको सुरूवात
२००७ IVR सेवा १८८ मार्फत निशुःल्क VOIP Complain दर्ता सेवाको सुरूवात
२००७ GSM मोबाइलमा GPRS, 3G, CRBT सेवाको सुरूवात
२००८ ADSL इन्टरनेट सेवाको सुरूवात
२००८ IVR सेवा १६०७ मार्फत GSM तथा CDMA PUK सेवाको सुरूवात
२००८ IVR सेवा १९८ मार्फत ADSL Complain दर्ता सेवाको सुरूवात
२००८ नोटिस बोर्ड सेवाको सुरूवात
२००९ GSM तथा CDMA सेवामा SMS सेवाको सुरूवात
२००९ IVR सेवा १६०६ काठमाडौं उपत्यका बाहिर सुरूवात
२००९ IVR सेवा १९८ काठमाडौं उपत्यका बाहिर सुरूवात
२००९ CDMA पोस्टपेड मोबाइल सेवाको सुरूवात
२०१० EVDO सेवाको सुरूवात
२०१० देशका सम्पूर्ण गाविसमा कम्पनीको दूरसञ्चार सेवा पुगेको
२०१० SIP Easy Call (Pre- paid Calling Card) सेवाको सुरूवात
२०१० Volume Based ADSL सेवाको सुरूवात
२०११ SIP PPP (Permanent Pre–paid Phone) सेवाको सुरूवात
२०११ GSM मोबाइलमा 3G Data कार्ड सेवाको सुरूवात
२०११ First International Carrier Partner’s Meet को आयोजना
२०१२ International Toll Free Service (ITFS) सेवाको सुरूवात
२०१२ WiMAX सेवाको सुरूवात
२०१२ IP CDMA सेवाको सुरूवात
२०१२ Convergent Real Time Billing and Customer Support सेवाको सुरूवात
२०१३ IP-based Wireline Network (NGN) सेवाको सुरूवात
२०१४ WiFi सेवा सञ्चालनको सम्बन्धमा Mobile App को सुरूवात
२०१५ FTTH सेवाको सुरूवात
२०१५ सामाजिक सञ्जाल MEET सेवाको सुरूवात
२०१६ NTPRO सेवाको सुरूवात
२०१७ 4G/LTE सेवाको सुरूवात