ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सानो झुण्डले विरोध गरेर ताप्लेजुङको केवलकार निर्माण नरोकिने बताएका छन् । ताप्लेजुङ विकाश मञ्चले आयोजना गरेको एक कायक्रममा बोल्दै मेयर मादेनले पत्रकारले त्यस्तो झुण्डलाई अनावश्यक महत्व दिएर केवलकार निर्माणका विषयमा भ्रम फैलाएको आरोप लगाए ।
‘ताप्लेजुङका ९० प्रतिशत नागरिक केवलकार बनाउनुपर्छ भन्नेमा छन् १० प्रतिशतले हुदैनभन्दा पत्रकारले समाचार छाप्नु हुन्छ ?,’ मादेनको प्रश्न थियो । त्यो सानो झुण्ड कहिले सडक फराकिलो बनाउनु हुँदैन भन्ने कहिले खुला मैदान बनाउनु हुदैन भनेर कुदिरहेको आरोप लगाए ।
विकाश विरोधी लाई स्पेश नदिन र विकाशको पक्षमा वकालत गर्न उनले पत्रकारलाई आग्रह गरे । केवलकार बनाउने, सडक फराकिलो पार्ने, खुला मैदान बनाउने आफ्नो अभियानमा सानो झुण्ड अवरोधक बन्न खोजेको त्यसलाई पत्रकारले मलजल गरेको उनको आरोप छ । ‘केही छभने मलाई भन्नुहोस पत्रकारलाई म सहयोग गर्छु तर विकास विरोधीलाई स्पेश नदिनुहोस ‘ मेयर मादेनले थपे ‘मलाई पत्रकारले सहयोग गरेनन् ।’
केही दिनअघि मुक्कुमलुङ संघर्ष समिति लगायतका केही संघ संस्थाले पत्रकार सम्मेलन गरेर पाथीभरामा केवलकार बन्न नदिने चेतावनी दिएका थिए । पाथीभरा केवलकार प्रालिले निर्माणगर्ने केवलकारका विषयमा दोहोरी चलिरहेको छ ।