पाँचथर। पाँचथर फुटबल क्लबले झापाको शनिश्चरे एफसीसँग रानिटारमा जारी पाँचौ फिदिम नगर कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा झापाकै तुर्केनी एफसी काँकरभिट्टालाई ५-३ गोलअन्तरले पराजित गरेपछि पाँचथरले शनिश्चरे एफसीसँग भेट पक्का गरेको हो ।
पाँचथरका लागि शुकराज राईले खेलको ३ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मनिष क्षेत्रीले २०औँ मिनेटमा गोल गर्दै पाँचथरको अग्रता दोब्बर बनाएका हुन् ।
यस्तै प्रविण जबेगु, साजन राई र लोकेन्द्र थापाले पाँचथरका लागि थप गोल गरेर उपाधि नजिक पुराएका हुन् । झापाका लागि भने नवराज गुरुङले व्यक्तिगत २ गोल गरे भने सुरज लिम्बूले गोल फर्काए पनि हार टार्न भने सकेनन् ।
स्वतन्त्र फुटबल क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ । भोलि बुधबार फाइनल खेल हुनेछ ।