पाँचथर । कोशी प्रदेश फुटबल संघले आयोजना गरेकाे यू-१९ महिला खेलाडी छनोटमा पाँचथरका ५ जना खेलाडी छनोटमा सफल हुँदै केन्द्रिय स्तरको छनोटमा पुगेका छन् । पौष १५ गते एन्फा एकेडेमी धरानमा भएको कोशी प्रदेश स्तरिय छनोट प्रतियोगितामा पाँचथरका ५ जना खेलाडी छनोट भएका हुन । छनोट भएका खेलाडीहरुले पौष १८ गते काठमाण्डौमा पुनः छनोट प्रतियोगितामा सहभागी हुनु पर्ने छ । उक्त छनोट प्रतियोगितामा छनोट भए राष्ट्रिय टोलीबाट खेल्ने अवशर पाउनेछन् ।
यू १९ तर्फ प्रदेशमा छनोट भएका खेलाडीहरु
अम्बीका लावती, हिलिहाङ
दिक्षा कुरुम्बाङ,फाल्गुनन्द
रेखा मगर, मिक्लाजुङ
पबित्रा लिम्बु, फालेलुङ
स्मारिका लिम्बु