पाँचथर । आफ्नै श्रीमती ६० वर्षीया ईन्द्रकुमारी विश्वकर्माको हत्या गरेको अभियोगमा इलाम माङसेबुङ गाउँपालिका– ४ घर भई झापा दमक नगरपालिका– २, बगर मखमली टोल बस्ने ६० वर्षीय धनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादका क्रममा धनबहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्रकुमारीको घटनास्थलमै मृत्यु भएको थियो । हत्या भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।