पाँचथर । फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि फिदिम माबिले जितेको छ । बिहिबार सम्पन्न भएको पाँचौ नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सबै भन्दा धेरै पदक जित्दै फिदिम माबिले उपाधि जितेको हो । फिदिम माबिले ४१ स्वर्ण, १२ रजत र ८ काश्य पदक जित्दै प्रथम भयो ।
प्रतियोगितामा रानिटार मावि रानिटार ७ स्वर्ण, ८ रजत र ६ काश्य पदक जित्दै दोस्रो र नयाँ नमुना मा.वि. फिदिमले ४ स्वर्ण, ३ रजत र ५ काश्य पदक जित्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
फिदिम नगरपालिका भित्रका बिद्यालयहरु प्रतियोगितामा सहभागि रहेका थिए । सबै पालिकाहरुको प्रतियोगिता सम्पन्न भए पछि जिल्ला स्तरिय प्रतियोगिता आयोजना हुनेछ । विजेता उप विजेता विद्यालय र खेलाडीलाई प्रमूख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।