काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।
आज मेयर साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँगेका छन्।
मेयर साम्पाङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश।’दुई दिन अघि सामाजिक सञ्जाल फेसबुकमार्फत धरानलाई स्वतन्त्र राज्य बनाउने समेतको धम्की दिएका मेयर साम्पाङको पछिल्लो समय उग्रवादी फेसबुक पोस्टहरू आइरहेका छन्।