पाँचथर । पाँचथर क्लबले सदरमुकाम फिदिममा गरेको निःशुल्क आँखा शिविरबाट १ हजार ५ सय ६३ जना लाभान्वित भएका छन् ।
पाँचथर अस्पतालमा सञ्चालन भएको दुई दिने शिविरमार्फत सेवा दिइएको हो । पाँचथर क्लबकाे आयाेजनामा पुस १० गतेदेखि १२ गतेसम्म शिविर ससञ्चालन भएको थियो ।
१ हजार ५ सय ६३ जनाको आँखा परीक्षण गर्दा १ सय ३७ जनामा मोतिविन्दुको शल्यक्रिया गरिएको पाँचथर क्लबका सचिब योगराज सेढाँइले जानकारी दिए ।
पाँचथर क्लबको आयोजना तथा मेचि आँखा अस्पतालको सहकार्यमा र फिदिम नगरपालिककाको आर्थिक सहयोगमा शिबिर सञ्चालन भएको हो ।