पाँचथर । पूर्व मन्त्री स्व. पद्यसुन्दर लावतीको शालिक सदरमुकाम फिदिममा अनावरण भएको छ । अस्पताल चोकमा कोशि प्रदेशका प्रदेश प्रमुख पर्शुमराम खापुङले शालिक अनावरण गरेका हुन् ।
विभिन्न समयमा मन्त्री भएका लावतीले जिल्लाको विकास निर्माणमा महत्पूर्ण योगदान पु¥याएको भन्दै अनावरण कार्यक्रमममा चर्चा गरिएको थियो ।
गृहजिल्ला पाँचथर भएका लावती पटक पटक मन्त्री भएका थिए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएको भन्दै उनको शालिक निर्माण गरिएको थियो । लावती विकासवादी नेता भएको खापुङले बताएका थिए ।