पाँचथर । जिल्ला अस्पताल पाँचथरमा निशुल्क आँखा शिबिर सूरु भएको छ । मंगलबार बिहानबाट निःशुल्क आँखा शिविर सुरु भएको हो । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले निःशुल्क आँखा शिविरको उद्घाटन गरेका हुन् । आजबाट सुरु भएको आँखा शिबिर पौष १२ गते सम्म सञ्चालन हुने बताइएको छ ।
पाँचथर क्लबको आयोजना तथा मेचि आँखा अस्पतालको सहकार्यमा र फिदिम नगरपालिककाको आर्थिक सहयोगमा शिबिर सञ्चालन भएको पाँचथर क्लबका सचिब योगराज सेढाँइले जानकारी दिए ।
शिबिरमा मोतिबिन्दुका रोगीहरुको निशुल्क शल्यक्रिया र औषधि उपचार हुनेछ। साथै चश्मा आवश्यक भएका बिरामीलाई निःशुल्क चश्मा समेत उपलब्ध गराईने पाँचथर क्लबले जनाएको छ। शिबिर सुरु भएकाे पहिलाे दिन ५ सय २ जना बिरामीले सेवा लिएकाे र ५ सय २ जना मध्ये ३१ जनाकाे शल्यक्रिया गरिएकाे सेढाँइले जानकारी दिए ।