काठमाडौं । करिब ४० वर्षदेखि हराइरहेका ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ का अन्दाजी ६० वर्षीय धनबहादुर लिम्बू फेला परेका छन् । शनिबार उनलाई आफन्तको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उनलाई भारतको सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाका प्रतिनिधिले करिब दुई महिनाअगाडि बेवारिसे अवस्थामा फेला पारेका थिए । त्यसपछि त्यहीँको पुनःस्थापना केन्द्रमा राखिएको नेपाली पक्षलाई जानकारी गराइएको थियो ।
नेपाल पक्षले सो संस्थासित समन्वय गर्यो । सोहीअनुसार संस्थाका प्रतिनिधिले शनिबार इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएर उनको भतिज नाता पर्ने सिरीजंघा–३ का ४३ वर्षीय आइतराज लिम्बूलाई जिम्मा लगाएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनी हराएको यकिन मिति र कसरी भारत पुगे भन्नेबारे आफूहरूले विस्तृतमा सोधपुछ नगरेको प्रवक्ता रिजालले बताए ।
काठमाडौं । करिब ४० वर्षदेखि हराइरहेका ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ का अन्दाजी ६० वर्षीय धनबहादुर लिम्बू फेला परेका छन् । शनिबार उनलाई आफन्तको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उनलाई भारतको सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाका प्रतिनिधिले करिब दुई महिनाअगाडि बेवारिसे अवस्थामा फेला पारेका थिए । त्यसपछि त्यहीँको पुनःस्थापना केन्द्रमा राखिएको नेपाली पक्षलाई जानकारी गराइएको थियो ।
नेपाल पक्षले सो संस्थासित समन्वय गर्यो । सोहीअनुसार संस्थाका प्रतिनिधिले शनिबार (आज) इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएर उनको भतिज नाता पर्ने सिरीजंघा–३ का ४३ वर्षीय आइतराज लिम्बूलाई जिम्मा लगाएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनी हराएको यकिन मिति र कसरी भारत पुगे भन्नेबारे आफूहरूले विस्तृतमा सोधपुछ नगरेको प्रवक्ता रिजालले बताए ।
“हामीले धेरै कुरा सोधेनौँ । आफन्तले ४०/४५ वर्षअघि बेपत्ता भएको भनेका हुन्,” उनले भने, “कसरी भारत पुगे, के गरे भन्नेबारे हामीले बुझेनौँ, बुझ्नचाहिँ सकिन्छ ।”
उनका अनुसार, भारतीय पक्षबाट काँकडभिट्टास्थित नेपाली अधिकारीलाई धनबहादुरका बारेमा जानकारी गराइएको थियो । त्यसपछि सोधपुछ गर्ने क्रममा आफन्तले पहिचान गरेको उनले बताए ।