पाँचथर– शिक्षाका अभियान्ता कुमार हाङ वेघाको पाँचथरको च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालय परिसरमा पूर्णकदको शालिक स्थापना गरिएको छ । शालिकको प्रा.डा गोविन्दराज भटराईले अनावरण गरेका थिए । २००८ सालदेखि २०२५ सालसम्म पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा दर्जन जति विद्यालय संस्थापक, समाज सुधारक तथा शिक्षाका अभियन्ता स्व कुमार हाङ बेघाको दशौं स्मृति दिवस तथा वहाँको पूर्ण कदको सालिक अनावरण गरिएको हो
प्रमुख अतिथि भटराईले बेघा ग्रामिण क्षेत्रमा शिक्षाको ज्योती फैलाउन महत्पूर्ण योगदान गरेको बताएका थिए ।
शालिक कुमार हाङ वेघा स्मृति प्रतिष्ठानले निर्माण गरेको महासचिव शरद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा याङवरक गाँउपालिका अध्यक्ष भिमबहादुर योङ्याले शैक्षिक विकासमा पालिकाले काम गरिरहेको बताए थिए ।
अनावरण कार्यक्रममा च्याब्रुङ, नौमती बाजा, नृत्य तथा गायन प्रस्तुती भएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रेम बहादुर बेघाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलोचन अधिकारीले गरेका थिए ।
च्याङथापुमा कुमारहाङ वेघाको शालिक
च्याङथापुमा कुमारहाङ वेघाको शालिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस