ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप झापाको जलथल फुटबल क्लबलाई हराउदै पाँचथर फुटबल क्लब सेमिफाइल प्रबेश गरेको छ । बिहिबार भानु जन माध्यमिकको खेल मैदानमा भएको खेलमा जलथल फुटबल क्लब झापालाई १-० गोल अन्तरले पराजित गर्दै पाँचथर फुटबल क्लब सेमिफाईनल प्रबेश गरेको हो ।
पाँचथरको जितमा दिनेश शेर्माले गोल गरे । निकै प्रतिस्र्धात्मक खेलमा खेलको ३६ औं मिनेटमा पाँचथरका शेर्माले गरेको गोलनै खेलको निर्णयक गोल बन्यो । दुबै टिमले पाएका अबसरहरु गुमाएका थिए । प्रतियोगितामा आज रारा फुटबल क्लब धनकुटा र आठराई गाउँपालिका तेह्रथुम बिच प्रतिष्पर्धा हुने छ ।
८ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ ।