पाँचथर । पाँचौ संस्करणको फिदिम नगर कप फुटवल प्रतियोगिता पौष १३ देखि सुरू हुने आयोजक स्वतन्त्र क्लबले जानकारि दिएको छ । मंगलबार फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारि दिएको हो ।
पुस १८ गते सम्म आयोजना हुने प्रतियोगितामा आयोजक क्लब सहित ८ टिमको सहभागिता रहने छ । सहभागी ५ क्लबको टुङगो लागे पनि ३ क्लबको टुङगो लाग्न बाँकी रहेको आयोजक स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङले जानकारि दिए । योङ ब्वाई फुटबल क्लब ईलाम,रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पाँचथर फुटबल क्लब पाँचथर, आयोजक स्वतन्त्र क्लब र तुकैनी स्र्पोट क्लब झापाको टुङगो लागेको गुरुङले जानकारी दिए । बाँकी ३ क्लबको टुङगो भोली सम्ममा लाग्ने बताइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ८० हजार प्राप्त गर्ने र उपविजेता टिमले ९२ हजार प्राप्त अध्यक्ष गुरूङले जानकारि दिए । रानिटारको बराजु रङशालामा सञ्चालन हुने प्रतियोगितामा करिब १० लाख खर्च हुने गुरूङले जानकारि दिए । प्रतियोगिको प्रबद्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानिटार युनाईटेड र त्रिबेणी क्लब रहेका छ ।
प्रतियाेगिताका सम्पुर्ण खेलहरुकाे प्रत्यक्ष प्रषारण गाेल नेपाल डट कमबाट हुनेछ ।