फिदिम । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सासू र बुहारीलाई पनि सम्मान र पुरस्कृत गर्ने योजना बनाउँदै बजेट ल्याउने भएको छ । प्रदेश १ संसदमा प्रदेश प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा यो विषयलाई पनि समेटिएको छ ।
प्रमुख सोमनाथ अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ‘आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सासू बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम संचालन गर्ने छ, हामीलाई जन्मदिने आमाहरुप्रति हार्दिक सम्मान गर्दै यो कार्यक्रम ल्याउन लागिएको हो ।’
दुर्गमभेगमा रहेका अतिविपन्न परिवार र समुदायबाट समाजमा महत्वपुर्ण योगदान पुर्याएका आमाहरुलाई सम्मान गर्न राष्ट्रपति आमा सम्मान कार्यक्रम लागु गरिने र सँगै सासू बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम संचालन गरिने प्रदेशका नीति तथा कार्यक्रममा उल्लेख छ ।