पाँचथर । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका को स्वागतका लागि फिदिमलाई सजाइएको छ । मध्यपहाडिी लोकमार्ग अन्तर्गत फिदिम प्रबेश गर्ने जोरशाल बजार देखि फिदिम बजार क्षेत्र भित्र ठाउँ ठाउँमा गेट निर्माण गरिएको छ । पोल पोलमा नेकपा एमालेको झन्डा भुन्डाइएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका सवार हुने सडकहरूको पोलमा पोल पोलमा नेकपा एमालेको झन्डा भुन्डाइएको छ ।ठाउँठाउमा स्वागतद्वार बनाइएको छ । ठाउँ ठाउमा अध्यक्ष केपी ओलीका तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ ।
अध्यक्ष केपी ओली नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्रा अन्र्तग भोली पाँचथर सदरमुका फिदिम आइपुग्ने कार्यक्रम छ । भोली फिदिममा नेकपा एमाले जनसभाको तयारी गरेको छ । उक्त सभामा आसपासका जिल्ला सहित १२ हजारको उपस्थिति गराएर सभा गर्ने जिल्लाका कार्यावाहक अध्यक्ष विष्णु सापकोटा विमलले जानकारी दिए । र्याली पछि सभा गर्ने तयारी भएको छ ।
फिदिम माविको खेलमैदानमा सभा हुने छ । सभापछि व्यवसायिहरुसँग अन्तक्र्रिया कार्यक्रम राखिएको छ । पुष १ गते थर्पुमा रहेका याङवरक गाँउपालीकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चिवाभञ्याङ उच्च पहाडी क्षेत्र भएको तथा बाटो निक्कै अफ्ठ्यारो भएकाले अध्यक्ष केपि वलीलाई हेलिकप्टरमा लैजाने कि भन्ने विषयमा छलफल भएपछि टुङ्गो नलागेको नेताहरु बताएका छन् ।
चिवाभञ्याङमा यात्राको समापनमा झण्डातोलन र शिलालेख राख्ने काम सकिएको बताइएको छ । सकल्प यात्राका कारण जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चिवा झञ्ज्याङमा पुगेर एमालेकाे यात्रा समापन हुने छ ।