बागलुङ । बागलुङ नगरपालिका–६ लहरे पिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिए । ग १ त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफल ठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्रयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।
ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस