पाँचथर– प्रदेशको नाम कोशि राखिएकोमा विरोध जनाएर आन्दोलन गरिरहेका पहिचानवादि युवा दस्ताले सदरमुकाम फिदिममा लठ्ठि बोकेर मार्च पास गरेका छन् ।
प्रदेश न. १ पुनः नामाकरण सयुक्त संघर्ष समितिको आव्हानमा मार्च पास भएको हो । समितिले विभिन्न गाँउबाट युवाहरु भेला पारि १ हजार १ सय ११ सदसिय युवा दस्ता घोषणा गरेको छ ।
फिदिम माविको खेलमैदानमा भेला भएका युवाहरुले पहिचानका लागि युवा लेखिएको सेतो भेष्ट लगाएका थिए । प्रदेशको नाम कोशि अस्विकार्य भएकाले आन्दोलनको माहोल बढाउन युवा दस्ता घोषणा भएको दाबि गरिएको छ ।
प्रदेशका १४ वटा जिल्लामा दस्ता घोषणा गर्ने कार्यक्रम अनुसार पाँचथरमा मार्च पास गराईको केन्द्रिय उपकमाण्डर ऐविराज आङदेम्बेले बताए । उनका अनुसार सामान्य परेड समेत खेलाईएको छ ।
विभिन्न ठाँउबाट भेला भएका युवाहरुले कोशि नामाकरण फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । सदरमुकाम फिदिममा विभिन्न चोकमा परिक्रमा गरि फेरी खेलमैदान पुगेर दस्ता घोषणाको कार्यक्रम राखिएको थियो ।
नेकपा (एमाले)को संवादयात्रा आईपुग्न केहिदिनमात्र अगाडी पहिचान वादिले मार्चपास गराएका हुन् ।
जेठ–१३ गतेबाट पहिचानका लागि युवा दस्ता गठन गर्न थालिएको बताइएको छ । सांकेतिक विरोध जनाउन लठ्ठि बोकिएको सयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवास तुम्बापो काङसोरेले जानकारी दिए । पालिका स्तरीय कमाण्ड बनाएर दस्तालाई परिचालन गरिने उनको भनाई रहेको छ । उनीहरुले विहिवार चतुरे, जोपोखरी, गोपेटार, च्याङथापु, थर्पु लगायतका बजारमा मसाल जुलुस गर्ने घोषणा गरेका छन् ।
पाँचथरमा पहिचानवादि युवाको मार्चपास
पाँचथरमा पहिचानवादि युवाको मार्चपास

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस