पाँचथर– पुष्पलाल (मध्यपहाडी) लोकमार्ग भएर नेकपा (एमाले)को जारी समृद्धिका लागि संवाद यात्रा समापन हुने पाँचथर जिल्लामा टोलिलाई स्वागत गर्नकालागि तयारी तिब्रपारिएको छ ।
३० गते अध्यक्ष केपि शर्मा ओली नेतृत्वको टोलि पाँचथर सदरमुकाम फिदिम आइपुगेको छ । झुलाघाट–चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राको पाँचथरको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
यात्रामा रहेको २ सय जनाको टोलिलाई फिदिममा स्वागत हुने छ ।
‘समापन जिल्ला भएकाले हाम्रो लागि निक्कै महत्पूर्ण छ । टोलिलाई स्वागत गर्न हामी लगायत जिल्लाबासि आतुर छौँ’ एमाले केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङले भने ‘स्वागत तथा यहाँका कार्यक्रमको लागि तयारी अन्तिम चरणमा पु¥याएका छौँ ।’
३० गते फिदिममा सभा हुदैँ छ । उक्त सभामा आसपासका जिल्ला सहित १२ हजारको उपस्थिति गराएर सभा गर्ने जिल्लाका कार्यावाहक अध्यक्ष विष्णु सापकोटा विमलले जानकारी दिए । ¥याली पछि सभा गर्ने तयारी भएको छ ।
फिदिम माविको खेलमैदानमा सभा हुने छ । सभापछि व्यवसायिहरुसँग अन्तक्र्रिया कार्यक्रम राखिएको छ । पुष १ गते थर्पुमा रहेका याङवरक गाँउपालीकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चिवाभञ्याङ उच्च पहाडी क्षेत्र भएको तथा बाटो निक्कै अफ्ठ्यारो भएकाले अध्यक्ष केपि वलीलाई हेलिकप्टरमा लैजाने कि भन्ने विषयमा छलफल भएपछि टुङ्गो नलागेको नेताहरु बताएका छन् ।
चिवाभञ्याङमा यात्राको समापनमा झण्डातोलन र शिलालेख राख्ने काम सकिएको बताइएको छ । सकल्प यात्राका कारण जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठुलो संख्यामा सुरक्षाकर्मी थपिएको छ ।
पहिचानबादिले विरोध गरिरहेका छन् नि भन्ने प्रश्नमा केन्द्रीय सदस्य नेम्बाङ नेपाल कम्युनिष्ट पार्टिको ७५ औँ स्थापना दिवसको यात्रा भएकाले सबैलाई साथ दिन अनुरोध गरेको बताए । प्रदेशको नामकरणको विषयमा आन्दोलनमा रहेकाहरुसँग संवाद गर्न सकिने उनको भनाई थियो ।
संकल्प यात्राका लागि एमाले कार्यकर्ताहरु निक्कै खटिएका छन् । गाँउ गाँउका कमिटिले कार्यकर्ता सदरमुकाम ल्याउने तयारी गरेको छ ।
एमाले संवाद यात्रा : पाँचथरमा स्वागत गर्न तिब्र तयारी
एमाले संवाद यात्रा : पाँचथरमा स्वागत गर्न तिब्र तयारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस