दिपक बोहोरा । पाँचथरमा जारी प्रथम किराँत गाेल्डकपमा हिजोबाट सेमिफाइनलखेलहरु सुरु भएको छ । ५ खेल सम्पन्न भएका छन् । क्वाटफाइनलका ४ र सेमिको १ गरेर पाँच खेल सकिए । अब सेमिफाइनलका एक र फाइनल गरी २ खेलहरु मात्र बाँकी छन् । क्वाटफाइनलका खेलहरु सकिदा सम्म प्रतियोगिताका अधिकांश खेलहरु विवादित र तनाबपुर्ण रहे ।
१६ गते आयोजक पाँचथर फुटबल क्लब र मितेरी क्लब तेह्रथुम बिचको खेल सबै भन्दा तनाबपुर्ण र खेलभाबना विपरित रहन गयो । रेफ्रिले खेल नियन्त्रणमा राख्न सकेन्न । रेफ्रि समेत आबेगमा आउदा मितेरी क्लब तेह्रथुमले खेल सकिन अन्तिम मिनेट बाँकी रहदै नखेली मैदान छाड्यो । लगतै रेर्डहर्स इलाम र बिर्तामोड युनाइटेड बिचको खेलमा पनि खेलाडीहरु रेफ्री सँग निरन्तर आक्रोश पोखीरहेका थिए ।
पहिलो उद्घाटन खेल सञ्चालन गरेका रेफ्री राजु थापा मगर माथि मितेरी क्लबका खेलाडी र अफिसियलहरुले अन्तिममा हातपातको कोसिससमेत गरेका थिए । मितेरीका प्रशिक्षकले रेफ्री हातपात गर्दा रातो कार्ड नै पाए । मितेरीका टिम ब्यवस्थापकहरुले गलत निणर्यका कारण आफूहरू पराजित भएको बताए ।
प्रतियोगितामा यो एउटा उदाहरण मात्र हो । प्रतियोगिताका ५ खेल समीक्षा गर्दा खेल सञ्चालन गर्ने रेफ्रीहरूको निणर्यबाट कोही पनि खुसी हुन सकेनन् । खेलाडी, टिम र दर्शक कोही सन्तुष्टि देखिदैन्न । प्रत्येक खेलमा रेफ्रीले केही न केही विवाद निकाल्ने गरेका छन् । चार वर्ष पछि फिदिममा भएको ठुलो प्रतियोगितामा प्रतियोगिता सञ्चालक रेफ्रीहरूले माथिल्लो स्तरको निणर्य गर्न नसकेको र खेलसमेत नियन्त्रणमा राख्न नसकेको आरेप खेपिरहेका छन् ।
अक्सर प्रतियोगितामा हेभिवेट क्लबबीच प्रतिस्पर्धा हुँदा रेफ्रीकै कारण विवाद उत्पन्न भए । रेफ्रीले क्लबका मुख्य खेलाडीलाई रातो वा चेतावनी कार्ड देखाउँदा खेल बिथोलिएका उदाहरण देखिए । खेलाडीमाथि टिमले लगानी गरेर ल्याएको हुन्छ । सबैको लक्ष्य जितनेनै हुन्छ रेफ्रीको गलत निणर्यले खेलमा जेपनि हुन सक्ने खेल समर्थकहरु बताउछन् छन् । पहिलाे सेमिफाइन खेल पनि बिबाद रहित बन्न सकेन । सहायक रेफ्री र मुख्य रेफ्रिकाे तालमेल मिल्न नसकेकाे सहभागि टिमहरु बताउछन् ।
‘कतिपय अवस्थामा हराउने उद्देश्यका साथ रेफ्रीले नै अनावश्यक विवाद निकाल्ने कार्य गरे,’ सहभागी एक क्लबका पदाधिकारीले भने, ‘ एडभान्टेज नहुँदा एडभान्टेज दिने र दिनुपर्ने वेलामा केही निणर्य नगर्ने रेफ्रीको नियतिजस्तै लाग्यो ।’ खेलाडीमाथिको लगानी खेर जानु र प्रतियोगितमा लक्ष्य हात पार्न नसक्नुपछाडि पनि रेफ्रीको गलत निणर्य भएको उनी बताउँछन् । ‘