पाँचथर । पाँचथरमा जारी जिल्लाकै ठुलो राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत अन्तिम क्वाटर फाइनलमा नेपालको ‘ए’ डिभिजन क्लब हिमालय शेर्पा र छिमेकी जिल्ला ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लब आम्नेसाम्ने हुँदैछन् ।
सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने खेलमाशेर्पा र ताप्लेजुङ बिचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ । ‘ए’ डिभिजन क्लब हिमालय शेपा पाँचथरमा हुने प्रतियोगितामा पटक पटक सहभागि भए पनि राम्रो छाप छाड्न सकेको छैन् ।शेर्पा किराँत गोल्डकपमा सहभागी मध्येको सबै भन्दा माथिल्लो क्लब हो । गत ‘ए’ डिभिजन लिगमा ११ औं स्थानमा अर्थात अन्तिमबाट चौथो स्थानमा रहदै लिग सम्पन्न गरेको टिम हो । अहिले यस क्लबका अधिकांश खेलाडीहरु काठमाण्डौं जारी नेपाल सुपर लिग खेलिरहेका छन् । केहि आफ्ना र मोरङ, सुनसरीबाट खेल्ने खेलाडीहरु समेटेर हिमालय शेर्पा क्लब फिदिममा खेल्ने अनुमान गरिएको छ ।
उता, कणर्सिं सोनाम स्मृति क्लब पाँचथरमा पटकपटक सहभागि जनाउदा उत्कृष्ट खेल प्रर्दशन गरेको आुभव छ । पाँचथरकौ प्रतिष्ठति फाल्गुनन्द गोल्डकपको फाइनल समेत खेलेको अनुभव ताप्लेजुङ सँग छ ।छिमेकि जिल्लाको क्लबले फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकपमा सहभागिता जनाइसकेको छ । केहि प्रतियोगितामा फाइनल सम्मको यात्रा समेत गरेको थियो । ताप्लेजुङले पनि स्थानिय र बाहिरका राम्रा खेलाडी समेटेर टिम निर्माण गरेको बताइएको छ ।
प्रतियोगिता दिनको १ बजेबाट सुरु हुने छ । प्रतियोगितामा बिजेता हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।