दिपक बाेहाेरा । फुटबल प्रशिक्षक जोसे मोरिन्होले भनेका छन्, “फुटबल भावना र प्रतिभा मिसिएको खेल हो।”मोरिन्होले भनेझैँ भावनाविहीन फुटबल त रोबर्टबीचको भिडन्तझैँ हुन्छ होला। फुटबल खेल खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च हो। त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको।
विश्व कप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ। कलामिश्रित सपाट खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन। अब पाँचथर सदरमुकाम फिदिममा प्रथम किँरात गोल्डकपले फुटबलको भाषा बुझाउने छ ।
पाँचथरमा फुटबल कति लोककप्रिय छ भन्ने कुरा त यहाँ टोलटोलमा हुने फुटबल प्रतियोगिताहरुलेनै बताउछ । फिदिममा फुटबल प्रेमिहरुले ठुला फुटबल प्रतियोगिताहरुको स्वाद चाख्न नपाएको ४ वर्ष बित्यो । पाँचथरमा सदमरमुकाममा रहेको फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्कियो लगतै कोभिड रोगका कारण पाँचथरमाठूला खेल प्रतियोगिताहरु बन्द भए ।
त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन । पाँचथर सदरमुकाम फिदिममा यस अघि दुई ठुला प्रतियोगिता हुने गरेका थिए । फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप । फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन ।
तर, पाँचथरमा ४ वर्ष पछि फुटबलको माहोल फर्किने देखिएको छ । पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गते देखि प्रथम किराँत गोल्डकप हुने भएको छ । प्रतियोगिताको खेल तालीका समेत सार्वजनिक गरिएको छ । किराँत गोल्डकप हुन अब ४ दिन मात्र बाँकी रहदा यहाका फुटबल प्रेमिको ध्यान किराँत गोल्डकपले तानेको छ । मिक्लाजुङ ४ रबिमा भेटिएका मदन राईले गोल्डकप हेर्न जसरी पनि समय मिलाएर आउने बताए । उनले भने ‘बासको प्यारापिटमा बसरे बदाम खादै फुटबल हेर्नको मज्जा अरुमा हुँदैन ।’ त्यस्तै फाल्गुनन्दमा भेटिएका बिकास आङदेम्बे पनि ४ वर्ष पछि सदरमुकाममा हुन लागेको फुटबल हेर्न आतुर रहेको बताए । ‘गोल्डकप हेर्न त आउने होनी, झापालाई समर्थन गर्दै फिदिममा फुटबल हेरिन्छ।’ आङदेम्बे भने ।
पाँचथरको सबैभन्दा ठुलो पुरस्कार राशिको किराँत गोल्डकप मंसिर १६ बाट सुरु हुँदैछ । ४ लाख ४ हजार ४ सय ४४ रुपौँया पुरस्कार राशि रहेको प्रतियोगिताको उद्घाटन खेलमा १६ गते आयोजक पाँचथर फुटबल क्लब र मितेरी क्लब तेह्रथुम बिच हुने छ । फिदिम मा.बिको खेल मैदानमा हुने छ । प्रतियोगिताका लागि मैदान तथा टेक्निकल तयारी सबै पुरा भइसकेको छ । विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउने भएको छ । नेपाल भित्र आयोजना हुने नकआउट फुटबल प्रतियोगितामा राम्रौ पुरस्कार राशि रहेको छ । खेल नकआउट चरणमा खेलाइने छ । मेचि पहाड क्षेत्रमा फुटबलको क्रेज बढाउने किराँत गोल्डकप पहिलो पटक आयोजना हुँदै छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपालडट कमले गर्नेछ । मुख्य प्रायोजक वाइवाइ रहेको छ ।
कुल ८ टोलीको सहभागिता रहेको छ । मंसिर १७ रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापा बिच प्रतिस्पर्धा हुने छ । मंसिर १८ डि.एफ.सि मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत सँग खेल्ने छ । १९ गते कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङले ए डिभिजन क्लब हिमालय शेर्पाको सामना गर्ने ।
यस्तै, मंसिर २० गते पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीचको विजेता तथा डि.एफ.सि मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल २१ गते रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापाको विजेता तथा कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र ए डिभिजन क्लब हिमालय शेर्पाको विजेताबीच हुने छ ।
मंसिर २३ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने पाँचथर फुटबल क्लब का अध्यक्ष अनुराग मगरले बताए । गोल्डकपको उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने छन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ५ हजार प्रदान गरिने छ । प्रतियोगिताको सम्पुणर् खेलहरु फिदिम माबिको खेल मैदानमा हुने छ ।
केहि फाेटाेहरु