गिरिराज बाँस्कोटा
पाँचथर– नेकपा (एमाले) ले मंसिर १४ गतेबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्गभएर बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म तीन साता लामो यात्राको घोषण गरेको छ । झुलाघाट र चिवाभञ्ज्याङ दुबैतर्फ भारतसँग सिमा जाडिएका ठाँउ हुन् भने यो लोकमार्गको ट्रायक बनेसँगै पहाडै–पहाड पूर्वपश्चिम गर्ने विकल्प खुलेको थियो ।
पहाडका अनेकन बस्ती, जनजीवन, कृषि, सस्कृति मिसिएका जिल्लाहरु छुने यो यात्रालाई एमालेले निक्कै महत्पूर्ण मानेको छ । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको यात्रामा १५ किसिमका कार्यक्रमहरु हुने एमाले उपमहासचिव प्रदिप ज्ञावालीले जानकारी दिए । छ वटा प्रदेशलाई छुने यो सडकले २६ जिल्लाका २ सय २५ भन्दा बढि बस्तीलाई जोडेको छ ।
‘जनताको माझ जाने भएकाले जनसम्पर्कको दृष्ट्रिले यो यात्रा महत्पूर्ण हुन्छ । पहाडका विकासका चुनौती पहिचान गरेर समाधानका विषयको खोजि हुनेछ । हामीले छ वटा मुख्य लक्ष सार्वजनिक गरिसकेका छौँ’ शुक्रबार साझ कुरागर्दै ज्ञावालीले भने ‘मध्यपहाडीका कतै सडक घुमाउरो छन्, कतै अरुसडकसँग ओभर ल्याप भएका छन्, थुप्रै ठाँउमा नमिलेको देखिन्छ । यसबारे नयाँ ढंगलेधेरै बहस छलफल गर्छौ जनतामा यसले ठुलो जागरण ल्याउछौँ । समृद्धिका लागि संकल्प यात्रा भनेका छौँ । यो यात्राले देश बन्छ भन्ने नयाँ अठोट निर्माण गर्छ ।’
विभिन्न केन्द्रमा १५ देखि १८ वटा सभा हुनुका साथै बाटोमा साना साना भेला गर्ने बताइएको छ । २०७५ मागमा डा. बाबुराम भटराईको नेतृत्वमा एक महिने जनसंवाद अभियान चिवाभञ्ज्याङबाट सुरु गरका थिए । अहिले एमालले झुलाघाट तीन साताको यात्रा प्रारम्भ गर्न लागेको छ ।
यात्रामा सहभागिले लोकमार्गको १ हजार ८ सय ७९ किलोमीटर पुरै कालोपत्रे सडकको यात्रा गर्न भने पाउदैनन् । कतै कालोपत्रे, कतै कच्चि, कतै ग्राबेल त कतै अरु राजमार्गको यात्रा गर्नु पर्ने हुन्छ । आर्थिक बर्ष २०६४÷६५मा भएको यो आयोजनाले पूर्णता पाएको छैन् । आव ०६९÷७० मा राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएर आर्थिक बर्ष २०७९÷८० मा सम्पन्न गर्ने राखेको लक्ष पुरा भएन ।
मध्यपहाडी सडक बनेपछि पहाडका गाँउ गाँउमा सडक सुविधासँग विकासका आयमहरु खुलेको देखिन्छ । केहि अघिनै यो सडक बनेको भए पहाडको बसाई सराई यत्रो धेरै नहुने कतिपयले बताउने गरेका छन् । पाँचथर, तेह्थुम, भोजपुर, खोटाङ, बाग्लुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजारकोट, दैलेख, अछाम जस्ता जिल्लाका बासिन्दाले बढि सुविधा पाएको देखिन्छ ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाँउ गाँउ हुदैँ बनेको यो सडकले सडक सुविधामात्र नभई अन्य विकासका आयमहरु पनि खोलेको छ । कतै नयाँ सहर बनेका छन भने अन्य विकास संचरना बनाएको छ । सहर जोड्न सजिलो र सहज भएको देखिन्छ । पहिले सडक सुविधा भएका जिल्लामा भन्दापनि दुर्गम जिल्लामा बढि सुविधा दिएको तथा जनताले राहत पाएको देखिन्छ । यसले विभिन्न जातजाती, संस्कृतीलाई पनि जोडेको छ । पूर्वको धाँनाचदेखि पश्चिमको देउडासम्मलाई सडकको माध्यमबाट जोडेको छ । लोकमार्गको चिवाभञ्ज्याङलाई प्रारम्भ विन्दु मानिएको छ ।
सुविधा, अवसर सृजना गरेपनि सडकले भने पूर्णता पाएको छैन् । मध्यपहाडी आयोजना निर्देशनालयका अनुसार ७२ दशमलव ७० प्रतिशतकाम सम्पन्न भएको छ । ४ सय ७७ किलोमीटर सडक कालोपत्रे गर्न बाँकि रहेको छ । मध्यपहाडीबाट ९ सय ४० किलोमीटर र अन्य आयोजनाको ४ सय ६२ किलोमीटर कालोपत्रे भएको छ । लोकमार्गका पर्ने १ सय ३७ मध्ये १ सय २ वटा पुल सम्पन्न भएका छन् । लोकमार्गमा हालसम्म ६४ अर्ब ७६ करोड बजेट खर्च भएको भएको छ ।
विभिन्न समस्याका कारणबाट सम्पन्नगर्ने लक्ष राखिएको समयमा लोकमार्गको काम सम्पन्न गर्न नसएिको आयोजना निर्देशक कुबेर नेपालीले जानकारी दिए । ‘मुआब्जा, निर्माण कम्पनीले समयमा काम नगर्ने, विभिन्न ठाँउमा विवाद लगायका समस्या छन् । कार्वाहि गरिएका ठेक्का अदालती प्रक्रियामा गएपछि समयमा निर्णय नआउदा समस्या छ । अब बजेटको पनि समस्या हुने सम्भावना देखिन्छ । यसअघिको लक्षमा निर्माण सम्पन्न नभएकाले आयोजनालाई आर्थिक बर्ष २०८३÷०८४मा सम्पन्न गर्ने लक्ष राख्ने गरि छलफल गरिरहेका छौँ, निर्णयको प्रक्रियामा छौँ’ आयोजना निर्देशक नेपालीले भने ‘राष्ट्रिय गौरबको आयोजनालाई बजेट अभाव हुन नदिने भनेकाले हामी ढुक्कमा छौँ । तर गतबर्षको भन्दा यो बर्षको विनियोजित बजेट आधामात्र भएकाले चुनौतीपूर्ण बनेको छ । भुक्तानीहरु समयमा दिन नसकिने हो भन्ने चिन्ता लागेको छ ।’
जतिखेर पनि निकास गर्न सक्ने, जतिखेर पनि ठेक्का लगाउन सकिने अवस्था मिलाउनु पर्ने देखिएको नेपालीले बताए ।
जहाँ सहर, बजारमा बाटो पसेको छ त्यहाँ स्थानियले बाटो रोकेको देखिन्छ । सुन्दरबजार, पालुङटार, कास्कीको लामाचौर आसपासमा यस्तो समस्या रहेको बताईएको छ । बहुबर्षे ठेक्काको पछिल्लो नीतिले समस्या पारेको बताईने गरिन्छ । ठेकेदारले समयमा काम नगर्ने निक्कै ठुलो समस्या छ ।
कसरी छिटो काम सम्पन्न गर्न सकिन्छ भनेर निर्देशनालयले योजनाहरु बनाईरहेको नेपालीले बताए ।
अन्य आयोजनाबाट बनेका ४ सय ६२ किलोमीटर सडकलाई मध्यपहाडी स्टेण्डर (दुईलेन) बनाउने प्रक्रियानै सुरु भएको छैन् । सबै खण्डका ठेकेदारले समयमा काम नगर्ने साझा समस्या रहेको छ । पहिलो सडक भएका भन्दा सडक नभएका ग्रामिण जिल्लामा उत्साह देखिन्छ ।
बतैडीको झुलाघाटमा नेपाल–भारतमा जोड्ने पुल बन्न सकेको छैन् । महाकाली नदिमा पुल नबन्दा भारतसँगको सिधा सम्पर्क हुन सकेको छैन् । यहाँ रहेको झोलुङ्गेपुलबाट मान्छेले बोकेर सामान ओसार प्रसार गरेका छन् । नेपालको बैतडी र भारतको पृथडागड जोड्ने पुल बनाउन माग गरिएको बर्षौ वित्दापनि निर्णय हुन सकेको छैन् । पुल माग्दैँ एकपल्ट स्थानिय वाणिज्य संघको अगुवाईमा २९ लामो रिले अनसन समेत भएको थियो ।
झुलाघाटदेखि अछामाको चौखुट्टेसम्म २ सय ४३ किलोमीटर पुरानै सडक रहेको छ । बैतडी, डडेलधुरा, हुदैँ आछामा चौखुटेआईपुग्छ । चौखुटेबाट पूर्वी रुकुमको पाटिहाल्ने खण्डको ४ सय ४० किलोमीटर खण्डमध्ये ३ सय ६४ किलोमीटर कालोपत्रे भएको छ । जाजरकोटको मन्ताभिरले गर्दा बाटो बनाउन समस्या भएको छ । पश्चिम रुकुमको चौउरजहारी र जाजारकोट जोड्ने भेरी नदिमा पुल नबन्दा जाजारकोटको सिम्ले हुदैँ घुमेर यात्रा गर्नु पर्ने हुन्छ । भेरी पुलपुरानो ठेकेदारले नबनाएपछि ठेक्का तोड्ेर नयाँ लगाइएको दैलेख कार्यालयकि प्रमुख कुशलता न्यौपानेले बताईन । यो खण्डले पाटिहाल्ने लुकुमगाँउ, रुकुमकोट, मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेतबेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट जस्ता ठाँउलाई छुन्छ ।
रुकुम र बाग्लुङको सिमाना पाटिहाल्नेबाट कास्कीको रुडिखोलाको २ सय ५० किलोमीटर खण्डमध्ये ५४ किलोमीटर कालोपत्रे गर्न बाँकि छ । बाग्लुङ जिल्लामामात्र लोकमार्गको १ सय ३६ किलोमीटर सडक पर्छ । लोकमार्गको सबैभन्दा लामो सडक यहि जिल्लामा पर्छ । यि मध्ये पोखराको ६० किलोमीटर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरि सकिएको लोकमार्गका पर्वत कार्यालयका सूचना अधिकारी पवन सुवेदीले जानकारी दिए । भोर्लेटार, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्ग लाई छुन्छ । बुर्तिबाङ द्वन्द्वपछि जागेको बजार हो ।
लोकर्मागको लम्जुङ–नुवाकोट खण्डका २ सय ३५ समस्या बढि देखिन्छ । यहाँको धादिङमा एलाइमेन्टकै टुङ्गो लागेको छैन् । यो करिब ३० किलोमीटर सडक कताबाट लैजाने टुङ्गो भइसकेको छैन् । गोरखा कार्यालयका सूचना अधिकारी विदुर सुवेदीका ५५ किलोमीटर कालोपत्रे सम्पन्न भएको छ । बाँकिमा ठेक्का लागेको छ । लम्जुङको सुन्दरबजार, भोर्लेटारमा बस्तीका कारण काम हुन सकेको छैन् । नुवाकोटको पिपलटार–देउडी खण्डमा २० किलोमीटर खण्डमा बनका कारण काम अघि बढ्न नपाएको बताइएको छ । यो खण्डमा ठेकेदारले समयमा काम नगर्दा समस्या थपिएको छ ।
सिन्धुपाल्चोक–खोटाङ खण्डकमा कालोपत्रे गर्न धेरै बाँकि छ । यहाँको ३ सय ४० किलामीटर मध्ये १ सय ३९ किलोमीटर कालोपत्रे भएको छ भने २ सय १ किलोमीटर प्रक्रियामा रहेको लोकमार्गको रामेछाप कार्यालय प्रमुख सजना अधिकारीले बताईन । रामेछाप, खोटाङ, काभ्रेमा कालोपत्रे गर्न बाँकि छ । ‘कालोपत्रे नभएका ठाँउमा पनि यात्रा गर्न सकिन्छ । धेरैठाँउ कालोपत्रेको काम भईरहेको छ । ट्रायक खोल्ने, स्तर उन्नतीका ठेक्का समयमा नसकिदा समस्या भयो’ इन्जीनियर मनिष सिंहले भने ‘खोटाङको १० किलोमीटर सडक कालोपत्रे गर्ने ठेक्का तोडेर फेरी लगाउनु पर्यो ।’
खोटाङ र भोजपुरको सिमाना चखेवादेखि पाँचथरको चिवाभञ्ज्याङ खण्डको ३ सय ८६ किलोमीटर मध्ये ७४ किलोमीटर कालोपत्रे गर्न बाँकि छ । फिदिम कार्यालयका इन्जिनियर नविन शाहाका अनुसार तेह्थुममा २४ र पाँचथरमा ५१ किलोमीटर सडक कालोपत्रेगर्न बाँकि रहेको छ ।
सुरुवाती विन्दुचिवाभञ्ज्याङदेखि थर्पुसम्मको ५१ किलोमीटर ठेकेदारकले काम नगर्दा समस्यामा परेको छ । चिवाभञ्ज्याङमा भारतको सिक्किमबाट पनि सडक बनेको छ । यो सिक्किमबाट नेपालसँग एकमात्र सडक हो । तेह्थुमको दुई खण्डको काम नभएपछि ठेक्का तोड्ने निर्णय भएपनि अदालतमा पुगेर रोकिएको छ ।
यो सडक भएर पूर्व पश्चिमको सस्कृतिजोडिनुका साथै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने देखिन्छ ।
दश नयाँ नभएका शहर
मध्यपहाडी लोकमार्ग आसपासका दश सहरलाई सुविधा युक्त नयाँ सहर बनाउने सरकारको योजनाले सार्थकता पाउन सकेको छ्रैन् । पहाडको बसाईसराई घटाउने लक्ष सहित अघि सारीएको नयाँ सहरको कामले सहि दिशा पाउन सकेको देखिदैन् ।
२० बर्षमा एक लाख जनसंख्या अटाउने गरी सुविधायुक्त आधुनिक सहर बनाउने सरकारी योजना भएपनि सोहि अनुसार काम भएन । आव ०६७÷०६८ सालमा सरकारले नयाँ सहर बनाउने घोषणा गरेको थियो ।
मध्यपहाडी लोकमार्ग आसापसका पाँचथरको फिदिम, तेह्थुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको रामक कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनलाई नँया सहर बनाउने योजना थियो । बजेटको अभाव तथा नीतिगत कारणले सोचेजस्तो गतिमा काम अघि बढाउन नसकिएको नयाँ सहरका कर्मचारीहरु बताउँछन् ।
मध्यपहाडी लोकमार्गको आसपामा रहेको ५८ बस्तिमध्ये जमिनको उपलब्धता, खानेपानी, आर्थिक विकासको सम्भाव्यता, वस्तीको अवस्थिती, विद्युत, जनसंख्या, वसाई सराईको लगायतको आधारमा दश स्थान नयाँ सहर बनाउने गरी छनौटमा परेका थिए ।