फिदिम । पाँचथर अस्पतालमा कोरोना संक्रमित एक महिलाको शुक्रबार दिउँसो निधन भएको छ । ६५ बर्षीया महिलाको निधन भएको हाे उनकाे स्थायी तेह्रथुमको आठराई स्थायी घर भई फिदिमको नमुना लाइनमा बसोवास गर्दै आएकी बताइएकाे छ ।
२५ गते एन्टिजेन परीक्षण गराउँदा ती महिलामा कोरोना संक्रमण देखिएको थियो । होम आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि शुक्रबार अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगतै उनको निधन भएको बताईएको छ ।