इलाम । आफ्नै १४ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नाताले हजुरबुबा ६५ वर्षीय बृद्ध छन् ।
ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्षयता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ । दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पछिल्लो एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।