पाँचथर– नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्ने राष्ट्रिय सेवा दल –एनसिसि) तालिम फाल्गुनन्द गाँउपालीकाको सिद्धदेवि मावि नविमडाँडामा सुरु भएको छ ।
सोमवार विद्यालयमा तालिम सुभारम्भ गरिएको छ । तालिममा १८ छात्रा, १८ छात्र सहभागि रहेको फिदिम स्थित रणेशर गणका गणपति दिलिप राउतले जानकारी दिए ।
४९ औँ एनसिसि जुनियर डिभिजन तालिम सुरु भएको हो । सहभागि विद्यार्थीलाई गणपति कर्णेल राउतले प्रथम प्रवचन दिएका थिए ।
स्वस्थ, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील युवा तथा नेपालजस्तो विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद् परेका बेला स्वयमसृवकका रूपमा काम गर्ने गरि तालिम दिइन्छ । विगतमा सदरमुकामका विभिन्न विद्यालयका विद्यार्थीलाई यो तालिम दिइएको थियो ।
तालिममा सहभागी विद्यार्थीहरुलाई ७९ दिनसम्म नेपाली सेनाका प्रशिक्षकले तालिम दिनेछन्। बाँकी २१ दिन सामुहिक क्याम्प गरी विभिन्न स्थानहरुको अवलोकनसहितको तालिम गराइने छ ।