पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा सञ्चालन रहेका विभिन्न ४४ वटा होटल तथा गेष्ट हाउसमा साेमबार दिउसो प्रहरीले अनुगमन गरेको छ । फिदिम सञ्चालनमा रहेका बिभिन्न ४४ वटा होटल तथा गेष्ट हाउसमा प्रहरीले अतिथि रेर्कड, बसोबासको अवस्था लगायतका बिषयमा छापा हानेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
फिदिममा रहेको धेरै होटल तथा गेष्ट हाउसमा अतिथि रेर्कडमा होटलमा बस्ने मानिसहरुको अभिलेख नराखे गरेको , लजहरुको अवस्था राम्रो नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । केहि होटलहरुमा बालबालीकाहरु र केहि व्यक्तीहरुको शंखास्पद भुमिकामा देखिएकाले केहि संख्यामा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रेर्कड राम्रो सँग नराख्ने होटलहरुलाई रेर्कड अनिर्वाय राख्न भनिएको प्रहरीले जनाएको छ ।
फिदिमका होटलहरुमा अवाञ्छित तथा अनैतिक क्रियाकलाप भईरहेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।