पाँचथर । पाँचथरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एक मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ गाउँपालिका- ७ हेवाखोला पारि आइतबार साँझ फिदिमबाट ताप्लेजुङ तर्फ सिमेन्ट लिएर जाँदै गरेको ना.२ ख ९२१५ नम्बरको ट्रक दुर्घटनामा परी ट्रकमा सवार हिलिहाङ ७का लक्ष्मी तामाङको पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार अनुसार ट्रक चालक हिलिहाङ ७का पारसमणी थापा र जीवन गदाइली घाइते भएका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको छ । ट्रक अनियन्त्रीत भइ सडकबाट झन्डै ५० मिटर तल खसेको छ ।