पाँचथर । पाँचथरमा लोबेट गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन भने बाँकी नै छ ।
मेचि राजमार्ग अन्तरर्गत फिदिम-३ लालीखर्कमा बुधबार दिउसो १ः३० बजेतिर पैदल हिँडिरहेका उनलाई प्रदेश २-०३-००१ ख.४८०७ नम्बरको फिदिमबाट राँके तर्फ जाँदै गरेकाे खाली लोबेट गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ठक्करबाट उनकाे घटना स्थलमै मृत्यु भएको हो । ठक्कर दिएको लोबेट प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।