पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई आइतबार इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले सहयोग स्वरुप बिभिन्न प्रचार सामाग्रीहरु प्रदान गरेको छ ।
इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक प्रचार सामाग्री हस्तातरण गरेको हो । कम्पनीले ५००० थान लागूऔषध, साईबर अपराध, सामाजिक अपराध लगायतका विषयको पर्चा सामाग्री प्रहरीलाई सहयोग गरेको हो ।
पछिल्लो समय बढ्दै गएको लागूऔषध, साईबर अपराध, सामाजिक अपराधको बिषयमा जनचेतना फैलाउने सहयोग पुर्याउन उद्देश्यले कम्पनीले प्रहरीलाई सहयोग गरेको हो । आईतबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कम्पनीकाअधिकृत राजन तिम्सिनाले प्रचार सामाग्री हस्तातरण गरेका हुन् ।