काठमाडौं । देशका केही भू–भामा आज बाढीको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको सम्भावना रहेको हो ।
ताप्लेजुङ, संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, कास्की, लमजुङ, बागलुङ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर, डडेलधुरा र व्यासपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
यसैबीच, आज कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । तर, जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।