पाँचथर– फालेलुङ गाँउपालीकाको ३ र ७ नम्बर वार्ड जोड्ने हेवा खोलाको घुमाउनेटारमा धमाधम श्रमदान भईरहेको थियो । कोहि ढुङ्गा बोक्दै थिए, कोहि ढलाई गर्न व्यस्थ देखिन्थे ।
यहाँ भेला भएकाहरु केहिन केहि काम गरिरहेका देखिन्थे । गर्मि निक्कै चर्को थियो, अपरान्न पानी पर्न थाल्यो तर श्रमदानगर्नेहरु विचलित देखिएन । उनीहरु डाईबर्सन बनाई छाड्न मेहनत गरिरहेका थिए । श्रमदानबाटै डाईभर्सन निर्माण भयो ।
हेवा खोलमा रहेको पुल बगाएपछि सडक सम्बन्ध विच्छेद भएको थियो । फालेलुङ गाँउपालीकाले श्रमदान र आर्थिक सहयोगका लागि आव्हान गरेको थियो ।
श्रमदान गर्न आव्हान भएपछि श्रमगर्न विभिन्न ठाँउबाट मान्छेहरु उर्लिएर आएका थिए ।
‘संघ, प्रदेश सरकारले तत्कालै पुल बनाउने छाँट देखिएन । गाँउपालीकाले पुल बनाउन पर्याप्त बजेट थिएन् । त्यहिभएर श्रमदान आव्हान गर्यौ’ गाँउपालीका अध्यक्ष विरविक्रम थाम्सुहाङले भने ‘श्रमपनि जुट्यो, आर्थिक सहयोगपनि भएको छ । डाईभर्सन बनेको छ । सिमेन्ट सुकेपछि केहिदिनमा खोला डाईभर्सनमा हालेर गाडी चलाउँछौँ ।’
श्रमदान गर्न विभिन्न ठाँउबाट सर्वसाधारण घुमाउनेटार पुगेका थिए । सदरमुकाम लगायतका ठाँउमा बसेकाहरु पनि श्रमदान गर्न खटिए । तीनदिन खटिदा डाईभर्सन बन्यो ।
विपतिमा प्रदेश र संघ सरकारले नहेरेपछि गाँउपालीकालाई जनताले साथ दिए । असारको पहिलो सातामा बाढिले दुईवटा मोटरएबल पुल बगाएको थियो । अफ्ठ्यारोमा श्रमदानबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको स्थानिय डिल्ली आन्जुमले बताए ।
श्रमदानबाट हेवाखोलाको घुमाउनेटारमा डाईभर्सन तयार भएको छ । ठुला ठुला पाँचवटा होमपाईप राखिएको छ । ढलाई गरेर होमपाइप राखिएको छ भने होमपाईप माथिपनि ढलाई गरिएको छ । डाईभर्सन वरीभरी पनि विभिन्न किसिमका संरचना बनाईएको छ ।
गाँउपालीकाले होमपाईप खरिद गरेर ल्याएको थियो । डाईभर्सन तयार भएको छ । सिमेन्ट लगाएर बगाएको संरचना केहिदिन सुकेपछि होमपाईमा पानी लगाईने बताईएको छ । केहिदिनमै गाडी वारपार हुने बताईन्छ । यहि खोला तरेर सदरमुकाम जान सकिन्छ । फालेलुङमा दुईवटा मोटरएवल पुल बगाएको थियो भने एउटा क्षती ग्रस्त बनेको छ । पुल नहुदा गाँउपालीका केन्द्र सहित ६, ७ र ८ नम्बर बाहेकका वार्डमा सडक सम्बन्ध विच्छेद भएको थियो । गाँउपालीका आव्हानपछि विभिन्न ठाँउबाट युवाहरु श्रमदान गर्न खटिएका थिए ।
तीनदिन ठुलो संख्यामा सर्वसाधारण, जनप्रनिधि, विभिन्न पार्टिका नेताकार्यकता, स्थानीय प्रहरी चौकिका सुरक्षाकर्मी सर्वसाधारण खटिएका थिए । हालसम्म ८ ला ६७ हजार ९ सय ७० रुपैँया रकम संकलन भएको छ ।
असारको सुरुवातमा गएको बाढि पहिरोले फालेलुङमा ठुलो क्षती पु¥याएको छ ।
जनता जागेपछि…..
जनता जागेपछि…..

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस