पाँचथर । कोशी प्रदेशमा कमल जबेगुमन्त्री नियुक्त भएका छन् । एकिकृत समाजबादी पाटीका पाँचथर अध्यक्ष रहेका जबेगु आज मन्त्री नियुक्त भएका हुन् ।
अहिले विना विभागिय मन्त्री बनाइएका जबेगुलाई छिटै मन्त्रालय दिने तयारी भईरहेको छ । जबेगु इमान्दार नेताका रूपमा परिचित छन् ।
जबेगु एमालेबाट बिद्रोह गरेर एकिकृत समाजबादी पाटीका पाँचथर अध्यक्ष भएका हुन् ।
एमाले पाँचथरको सातौं अधिवेशनमा राजकुमार भण्डारी र कमल जबेगु जिल्ला अध्यक्षको लागि लडेका थिए । त्यतिबेला जबेगुलाई सात मतले पछि पार्दै भण्डारीले एमाले पाँचथरको नेतृत्व गरेका थिए । प्रदेश सभाको चुनाबमा उनै राजकुमार भण्डारीलाई हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका जबेगु आज मन्त्री नियुक्त भएका हुन् ।