पाँचथर । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूका साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।