पाँचथर । पाँचथरमा एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा कोशी प्रदेश स्तरीय ट्रफिक सप्ताह २०८० को घोषित कार्यक्रमलाई प्रभावकारी तवरले मनाउने शिलशिलाको पहिलोदिन पाँचथरमा ट्राफिक सप्ताह शुभारम्भ भएको छ । पाँचथरमा ट्राफिक सप्ताह असार १९ गतेबाट २५ गते सम्म मनाइने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कोशी प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्र्तगत जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा सप्ताहको पहिलोदिन पाँचथर सदरमुकाम फिदिममा प्रभातफेरी बजार परिक्रमा गरि सप्ताह शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचचरले जनाएको छ । शुभारम्भ कार्यक्रममा जिल्लाका यातायात व्यबसायी,बिद्यार्थी, राजनितिक दलका नेता र बिभिन्न संस्थाहरुकाे सहभागिता रहेकाे थियाे ।
ट्राफिक सप्ताह अन्तर्गत यो हप्ता भरी पाँचथरमा चालक ,सहचालक र पैदलयात्रीहरुलाई ट्राफिक साक्षरताका साथै सडक क्रस गर्दा बाटो काट्ने तरिका लगायतका बिषयमा जानकारी दिईने छ । मा.प.से तथा ला.प.से चेकिङ, इरिक्सा तथा स्कुल बस चालकलाई प्रशिक्षण , चालक तथा सहचालकहरुलाई स्वास्थ्य परीक्षण गरिने ,ग्रामिण भेकका चालक र सहचालकलाई ट्राफिक नियम सम्वन्धि प्रशिक्षण दिईने जिल्ला प्रहरी पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।