पाँचथर । पानीको सतहले डाइभर्सन पार गरेपछि हेवा खोलामा पुनः यातायात ठप्प भएको छ । हृयुम पाइपमार्फत पानी तर्काएर बनाइएको डाइभर्सन सफल भएसँगै मंगलबार अपरान्हदेखि सुरु भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड २४ घण्टा नबित्दै पुनः अवरुद्व भएको हो ।
असार २ गते आएको बाढीले हेवाखोलाको पुल बगाएपछि मेचि राजर्माग ठप्प भएको थियो । मंगलबार डाइभर्सनको काम सकिएपछि हेवापारि अल्झिएका सयौं सवारी र यात्रुहरु गन्तब्य तर्फ लागेका थिए ।