पाँचथर– हेवा खोलमा अस्थायि डाईबर्सन केहि क्षणमै सकिन्छ, आजै सकिन्छ भन्ने किसिमका हल्ला दिनैपिच्छे आइरहेका छन् तर डाईबर्सन सञ्चालनमा आउन सकेको छैन् ।
सोमबार जसरी बनेर गाडी चल्ने हल्लाले धेरैमान्छे गाडी लिएर आईपुगे । केहि दिनदेखि सामाजिक सञ्जालमा यस किसिमका हल्ला चलिरहेका छन्, त्यहि सूचनामा भर पर्दा दुखः पार्यरहेका छन् । यसरी हल्ला गर्ने सर्वसाधारण भन्दापनि समाजका गन्नेमान्यहरु धेरै छन् ।
दुर्भाग्य डाईभर्सन सञ्चालन हुन सकेन । ठुलो खोलालाई केवल छ वटा होमपाईपबाट पानी हाल्न खोजिएपछि पाईपनै भासियो ।
थप दुईवटा होमपाईप चाईन्छ भनेर धेरै कुरा उठाईरहेका बेला जवरजस्ती गर्न खोज्दा सफल भएन । गाडी वारपार हुने हल्लाले आएकाहरुले दुखः पाए ।
सरकारी निरिहता खोलामा देखिन्थ्यो । बाढिले पुल बगाएको आठ दिन वित्तिसक्दा पनि डाइवर्सन समेत सञ्चालन हुन नसक्दा सरकारी निकायको काम र समग्र विकास गर्ने शैलिलाई कुरी कुरी गरिरहेको देखिन्छ ।
‘डाईबर्सन सञ्चालन गर्न खोजेका थियौँ, अहिले सकिएन । हामी प्रयास गरिरहेका छौँ’ सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरलले भने ‘अस्थायी रुममा गाडी सञ्चालन गर्न प्रयास गरिहेका छौँ । तर सफल भएको छैन् ।’
खोलामा खटिएका प्राविधिकहरुले आफूहरुले खुलेर काम गर्न नपाएको गुनासो गरेका छन् । यहाँ पुग्ने भिडका अनेक कुराले काम गर्न नपाइएको उनीहरुको भनाई छ । जनप्रतिनिधि, सरकारी निकाय तथा गन्यमान्नेहरुले ‘डिस्टर्भ’ गरेको देखिन्छ ।
सुरुमा ‘क्रेडिट’ लिन तछाडमछाड गरिरहेका नेताहरु समस्या सामाधन गर्न गम्भिर देखिएनन् ।
सामाजिक सञ्जालमा हेर्दा हेवा खोलामा धेरै काम भएको देखिन्छ तर ताप्लेजुङ, पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङका बासिन्दाले ठुलो दुखः पाएका छन् । तिव्रतर गतिमा काम नहुँदा समस्या भएको छ । बाईकतार्न मिल्ने भनेर हल्ला गरिएर बनाईएको फ्डेकबाट मान्छे हिडेर वारपार गरिहेका छन् । ‘बाईक तर्छ भन्ने सुनियो, होलत भनेर आएको दुई हजार तिरेर तुईनबाट तार्नु पर्यो’ झापा हिडेको बताउँने एक ताप्लेजुङका यात्रुले भने ।
तुइनबाट शुल्क तिरेर सामान ओसारपसार गरिदै छ । विपद्को बेला राज्यले निशुःक व्यवस्थापन गर्न सकेको छैन् । खोला वारीपारी गाडीहरु लामबद्ध भएर राखिएका छन् ।
विपद्का बेला धेरैले चासो देखाएपनि पुल नबन्दासम्मको विकल्पमा ध्यान दिईएको छैन् । बेलीब्रिज बनाउन आझै केहि समय लाग्ने देखिन्छ । तिव्रतररुमा विकल्प तयार गर्ने गरीको विकासकोको संरचना मुलुकमा नभएकै हो त भन्ने प्रश्न उब्जिरहेको छ । मान्छेहरु पशिना बगाउदै वारीपारी यात्रा गरिहेका देख्न पाईन्छ ।