पाँचथर । मेची राजमार्गको पाँचथर – ताप्लेजुङ जोड्ने हेवाखोलामा अस्थाइ बेलीब्रिज निर्माणको काम सूरु भएको छ । असार गते बाढीले पुल बगाएको ४ असार देखिनै बेली ब्रिज निर्माणको काम थालिएको हो ।
कुनै अवरोध नआएमा १५ दिनमा बेलीब्रिज निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयका प्रमुख बिदुर पोखरेलले जानकारी दिए ।
सडक डिभिजन कार्यालयले बेलीब्रिज खरिद गरेर स्टोर गर्ने र विपतको बेला आवश्य पर्ने स्थानमा बेलीब्रिज जडान गर्ने गरेको पोखरेलले जानकारी दिए । हेवा खोलमा बेलीब्रिजको जडानको लागी आवश्यक सामाग्री ढुवानी गरिसकेको र जग खन्ने कार्य हुदै गरेको पोखरेलले जानकारी दिए । ब्रिज जडानको लागी सिमराबाट दक्ष टोली आउदै गरेको पोखरेलले जानकारी दिए ।
ब्रिज निर्माण हुन समय लाग्ने भएकाले तत्काल यातायात सञ्चान गर्नको लागी हेवाखोलामा पानीको सतह घटे पछि डाइभर्सन बनाएर भएपनि यातायत सञ्चालन गर्ने तयारी सडक डिभिनको रहेको पोखरेले जानकारी दिए ।