पाँचथर । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो ।