पाँचथर । धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार फेला परेको शवको सनाखत भएको छ ।मृतक पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ की २२ वर्षीया एलिशा राई माझी रहेको प्रहरीले जनाएको छ ।
शव फेला परेको सञ्चारमाध्यममा समाचार आएपछि माइती पक्ष जिल्ला प्रहरी कार्यालय धनकुटा पुगेका थिए । माइती पक्षको जाहेरीको आधारमा मृतकको सनाखत भएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । याे सँगै पाँचथरमा बाढीबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । अझै ३ जना बेपता छन् ।
माझीको शव छथर जोरपाटी ४ स्थित तमोर नदी किनारमा आइवार स्थानीयबासीले फेला पारेका थिए । पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने जनाइएको छ । मृतक माझीसहित उनका पति आशिषलगायत ३ जना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बेपत्ता भएका अन्यको पनि प्रहरीले खोजी कार्य जारी राखेको छ ।