नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा बाढीपहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
संखुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरूमा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सचिव भट्टराईले उक्त घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाइ नगर्न पनि सरकारसँग माग गरे । सचिव भट्टराईले सो घटनाका कारण क्षतिग्रस्त पुल, सडक सुचारु हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।
सचिव भट्टराईको पीडितहरूको राहत र उद्धार कार्यक्रममा जुटन रेडक्रसलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई आग्रह गरे ।