पाँचथर– भारतिय नागरिकको फर्जि कागजात बनाएर नेपाली नागरिकता बनाउन खोजेको भन्दैँ दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो झड्केलो छोरालाई नागरिकता बनाउनका लागि फाल्गुनन्द गाँउपालीका– १ का ६४ बर्षिय गंगाप्रसाद आङदेम्बे र भारतको असामका उनका झड्केला छोरा २२ बर्षिय समित आङदेम्बेलाई पक्राउ गरि मुद्धा अघि बढाइएको छ ।
अदालतमाबाट म्याद थपि अनुसन्धानको काम अघि बढाईएको पाँचथरका प्रहरी प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए ।
नागरिकता बनाउन चाइने विभिन्न कागजात पु¥याएर उनीहरु नागरिकता बनाउँका लागि जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासन स्रोतका अनुसार एकपटक होइन पटक पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए ।
गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँगनै विहे भएको थियो । पगंगासँग दोश्रो विवाह गरेकी उनको श्रीमतीको केहि बर्ष अगाडी अङगीकृत नागरिकता बनेको थियो । भारतीय नागरिक झड्केलो छोरोलाई नागरिता बनाउन अनेकन प्रयास गरेपछि पक्राउ परेका हुन् ।
उनीहरुले पेश गरेको शैक्षिक प्रमाणपत्र माजिटार आधारभुत विद्यालय हिलिहाङको रहेको छ । कक्षा–७ को शैक्षिक प्रमाणपत्र पेश भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उक्त प्रमाणपत्रमा हस्ताक्षर निधन भईसका प्रअको भएको खुल्न आएको प्रहरी जनाएको छ ।