पाँचथर। ‘काठमाण्डौँबाट छोरीले नातीलाई बुवाले कुटेर बिजोक बनाएको छ भनेर खवर गरिन । हतार हतार उता घरपुगेर खोज्दा नौँ बर्षको नातीको बिजोक पो भएको रहेछ’ पाँचथरको हिलिहाङका पुर्ण बहादुर तामाङले पाँचथर अस्पतालमा कहानी सुनाए ।
हिलिहाङ–२ मा नौ बर्षिय अनील तामाङलाई आफ्नै बुवाले रडले कुटपिट गर्दा हात दुई ठाँउ भाचिएको छ भने टाउको दुई ठाँउ चोट लागेको छ । फलामको रडले जथाभावि प्रहार गरीउको छ ।
सानो बालकलाई निर्दयी तरिकाले कुटपिट गरिएको पाईएको छ । तामाङको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।
‘उसको बाबुले कुट्ने गरेपछि छोरीले छोडेकी थिई । उसको बाउँ र कान्छी आमा भएर सारै कुटेछन्’ मावली हजुरबा तामाङले भने ‘सानैदेखि मेरैमा बस्थ्यो । उस्की आमा काठमाण्डौँमा छ । म आफै पढाउछु भनेर लगेको थियो । कुटेर मरसान्न बनाएछ ।’
आईतवारनै आफूलाई कुटेको पीडित बच्चाले बताएका छन् । मावलीले सोमबार साझमात्र थाहा पाएका थिए । खवर पाएर पुग्दा बच्चा अचेत जस्तै अवस्थामा पाइएको हजुरबाले बताए । रड र चिर्पटले कुटाई खाएको पीडित बच्चाले सुनाए ।
बच्चाको हात भाचिनुका साथै टाउकोमा चोट छ भने भने शरिर जतासुकै सुनिएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई अस्पतालबाट एकिकृत संकट व्यस्थापन केन्द्र (ओसीएमसी) मार्फत् उपचार गराईदै छ ।
उनको बुवा २८ बर्षिय बुद्ध तामाङलाई पक्राउ गरि अङभङ्गमा मुद्धा चलाइएको पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए ।
आफ्नै बुवा निर्दयी भएपछि…….
आफ्नै बुवा निर्दयी भएपछि…….
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस