पाँचथर । राष्ट्रिय जनगणना २०७८ को अन्तीम प्रतिबेदन सार्वजर्निक भए अनुसार पाँचथरमा याक्थुङ/लिम्बू जातिहरुको संख्या धेरै देखिएको छ । जिल्लाको कुल १ लाख ७२ हजार ४ सय जनसंख्यामा ७४ हजार ७ सय ७५ जना याक्थुङ/लिम्बूहरुको बसोबास रहेको राष्ट्रिय तथ्याङ बिभागको तथ्याङमा देखिएको छ । जिल्लामा सबै भन्दा कम १० जना ताटमा (Tatma) जातिका संख्या रहेको प्रतिबेदनमा उल्लेख छ । जिल्लामा बादी जातिको संख्या १४ जना रहेको छ ।
जिल्लामा राईहरुको जनसंख्या २३ हजार ९ सय ७१ जना देखिएको छ । तर, यस अघि राईनै मानिदै आएका कुलुङ,याख्खा,नाछिरिङ,चाम्लीङ,बान्तवा, थुलुङ,बाहिङ,साम्पाङ र खालिङ लाई छुट्टै जातिमा सुचिकृत गरिएको छ । जिल्लामा कुलुङ ३७ जना, याख्खा ४७१ जना, नाछिरिङ २२४ जना, चाम्लीङ ५२४ जना, बान्तवा ९३९ जना, थुलुङ ११०, बाहिङ ५६ जना, ,साम्पाङ २३१ जना र खालिङ १३९ जनाको बसोबास रहेको राष्ट्रिय तथ्याङ बिभागको प्रतिबेदनमा देखिएको छ ।
पाँचथरमा क्षेत्रीहरुको संख्या १५ हजार ७ सय ५८ रहेको देखिएको छ । पहाडी ब्रहाम्णको संख्या १५ हजार २ सय ४४ रहदाँ जिल्लामा मगरहरुको संख्या ६ हजार ३ सय ५ रहेको छ । यस्तै, जिल्लामा तामाङ जातिको संख्या १२ हजार ३ सय १९ रहेको जनाइएको छ । नेवारहरुको संख्या २ हजार ५ सय २१ जना रहँदा गुरुङहरुको संख्या २ हजार ८ सय ९४ जना रहेको देखिन्छ । पाँचथरमा विश्वाकर्मा जातिको जनसंख्या ५ हजार ६ सय २९ जना रहेको छ । यस्तै, परियारहरुको संख्या ३ हजार ५ सय ९२ जना रहेको प्रतिबेदनमा उल्लेख छ । पाँचथरमा २ हजार ५ जना सुनुबारहरुको बसोबास रहेको जनाइएको छ । जिल्लामा शेर्पाहरुको संख्या ७ सय ५६ जना र भुजेलहरुको संख्या ३ सय २२ जना रहेको प्रतिबेदमा जनाइएको छ ।
दशनामी ७ सय५४ जना, ठकुरी ५२,थारु,१८८,यादब, ९१ जना,मिजार ९४९ जना,तेली,११८ जना माझि ५९५ जना,लेप्चा,१९ जना, खबास ८८ जना,मुसहर ३७ जना, कोइरी २६ जना,धनुक ३७ जना, ब्रहम्ण तराई ४४ जना, राजबंशी ९० जना, हजाम,१६ जना र अन्य जातजाति १६० जनाको रहेको प्रतिबेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङक कार्यालयमा जातजाति,भाषा र धर्म सम्बन्धि ७० वटा ध्यानाकर्षण पत्र दर्ता भएको र यसै सन्र्दभमा सरोकारवालाहरु र विज्ञहरुको सुझाब लिइ तथ्याङक सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङक विभागले जनाएको छ । २०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाती र भाषका अतिरिक्त २०७८ मा थप भएका नयाँ जातजाति र भाषाहरु पनि विज्ञहरुबाट प्राप्त कागजाजहरु अध्ययन गरि थप गरिएको विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार पाँचथरकाे जातिहरुकाे संख्या
हेर्नुहाेस राष्ट्रिय तथ्याङ बिभागको सूचना
#पाँचथरमा जनगणना २०७८ #लिम्बू #पाँचथर #जनगणना २०७८