पाँचथर । राष्ट्रिय जनगणना २०७८ को अन्तीम प्रतिबेदनमा उल्लेख भए अनुसार पाँचथरमा किराँत धर्म मान्नेको संख्या धेरै देखिएको छ ।
जिल्लाको कुल १ लाख ७२ हजार ४ सय जनसंख्यामा ९६ हजार ४९ जना किराँत धर्म मान्नेहरु रहेको राष्ट्रिय तथ्याङक विभागले सार्वजनीक गरेकाे प्रतिबेदनमा तथ्याङकमा देखिएको छ । पाँचथर सबै भन्दा कम बोन धर्म मान्नेको संख्या देखिएको छ । जिल्लामा बोन धर्म मान्नेको संख्या १ जना रहेको छ ।
दोस्रोमा हिन्दुधर्म मान्नेहरु देखिएका छन् । पाँचथर जिल्लामा ५० हजार ३ सय ५७ जना हिन्दु धर्म मान्नेहरु रहेका छन् । जिल्लामा २१ हजार १ सय २९ जनाले बौद्ध धर्म मान्ने तथ्याङकमा जनाइएको छ । जिल्लामा क्रिश्चियन धर्म मान्नेहरु ४ हजार ६ सय ८४ जना रहदा १ सय ६६ जना मुसलमानहरु रहेका छन् ।
पाँचथरमा बोन धर्म मान्नेको संख्या १ जना मात्र रहेको छ । १८ जनाले प्रकृति धर्म मान्ने देखिएको जनगणनाको प्रतिबेदनमा देखिएको छ ।