पाँचथर । मध्यपहाडी लोकमार्ग अन्तर्गतको तेह्रथुमको चुहानडाँडामा खण्डमा मंगलवार दिउसो अटो दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । संक्रान्ति बजारदेखि चुहानडाँडा आउदै गरेको प्र१-०१००१स८३४४ नम्बरको अटो मध्यपहाडी लोकमार्गको हाटडाडामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जानकारी दिएको छ ।
दुर्घटनामा परी अटो चालक श्यामचन्द्र तामाङ सहित इन्द्रबहादुर तामाङ, हस्तबाहादुर तामाङ, देवबहादुर तामाङ र बिमता तामाङ घाईते भएका हुन् ।
घाईतेहरुलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पताल ल्याईएको छ ।