पाँचथर । फाल्गुनन्द गाउँपालिका ५ मा एक घरमा आगलागी हुँदा करोडौको क्षति भएको छ । आइतबार बिहान फाल्गुनन्द गाउँपालिका ५ का पञ्च चेम्जोङको भान्छा कोठाबाट सूरु भएको आगलागीबाट चेम्जोङको ढुङ्गामाटो,काठ र रडले बनेको टिनको छानो भएको तिन तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेको ७ तोला सुन , ३० तोला चाँदी, नगद ५ लाख रुपैया, किराना पसलमा रहेका अन्नपात, भाँडावर्तन, काठपात, कागजपत्र लगायत घरमा पार्किङ गरेर राखेको बा ७८ प ११३७, बा ५३ प ४०३८, मे ७ प १६८४ नम्बरको स्कुटी र तत्काल नम्बर नखुलेको १ थान मोटरसाईकल समेत पुणर्रूपमा जली नष्ट हुँदा १ करोड ५० लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो सोही दिन दिउँसो साढे ३ बजे पुणर्रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।